नेपाली राजनीतिको केन्द्र विन्दुमै राष्ट्रवाद छ : अध्यक्ष त्रिपाठी

राजविराज । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले विगतदेखि नै नेपाली राजनीतिको केन्द्र विन्दुको रुपमा राष्ट्रवाद रहेको बताएका छन् ।

पार्टीको नेपाल जिल्ला कार्य समिति सप्तरी आइतवार राजविराजमा आयोजना गरेको जनसम्पर्क एवं भेटवार्ता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यद्यपी संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन नहुँदा विविध असन्तुष्टि देखापरेको छ’ उनले भने–‘देशमा विभेद रहेको तथ्यलाई स्विकार्दै यसको निराकरणका लागि समानुपातिक, समावेशी सिद्धान्त, आरक्षण लगायत विभिन उपायहरू अवलम्वन गर्न संवैधानिक व्यवस्था गरेको छ । तर, दुर्भाग्यवश पूर्ण कार्यान्वयन हुन सकेको छैन् ।’

उनले कतिपय स्थानमा संविधानमा नै अस्पष्ट रहेकोले केही बिषयमा आवश्यक कानुन निर्माण हुन नसकेको बताए । नेता त्रिपाठीले यी समस्यालाई समाधान गर्नका निम्ति नै आफ्नो पार्टी अगाडी आएको बताए ।

पार्टीका जिल्ला अध्यक्ष पूर्णप्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष साहिर हुसेन, जिल्ला उपाध्यक्ष शिवजी यादव लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस