कुटपिट गरी हत्या गरेको आरोपमा बुवाछोरा पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–६ का एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ६४ बर्षीय देवी प्रसाद तामाङ र ३२ बर्षीय मणि कुमार तामाङ छन् । गत चैत्र ३० गते राति स्थानीय देवी प्रसाद र ४१ बर्षीय गणेश भनिने मान बहादुर तामाङविच सामान्य विबाद भई झगडा भएको थियो । बाबुलाई कुटपिट गरेको भन्दै देवी प्रसादका छोरा ३२ बर्षीय मणी कुमार तामाङले मान बहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर घाईते बनाएका थिए ।

घाईते मान बहादुरलाई उपचारको विराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा शनिवार (बैशाख ३ गते) विहान मृत्यु भएको थियो । घटनाको लगत्तै फरार रहेका बाबु छोरालाई पक्राउ गरिएको मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस