मधेसमा तेत्तीस लाख बढी मतदाता

जनकपुरधाम । मधेस प्रदेशमा स्थानीय तह निर्वाचनको लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ ।

प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७ हजार ९४५, महिला १५ लाख ३३ हजार १५८ र अन्य ६६ गरी कुुल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोग नेपालले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिनुभयो ।

प्रदेशको सप्तरीमा दुई लाख १३ हजार ८९२ पुरुष, एक लाख ९८ हजार ५३२ महिला र अन्य २१ गरी कुुल चार लाख १२ हजार ४४५, सिरहामा दुई लाख १९ हजार ५६४ पुरुष, एक लाख ९४ हजार ६०० महिला र अन्य दुई गरी जम्मा चार लाख १४ हजार १६६, धनुषामा पुरुष दुई लाख ४८ हजार ८४०, महिला दुई लाख १८ हजार ५४२ र अन्य छ जनासहित कुल चार लाख ६७ हजार ३८८, महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३७३, र एक जना अन्य गरी जम्मा तीन लाख ९१ हजार ५७७, सर्लाहीमा दुई लाख ५७ हजार १३८ पुरुष, दुई लाख १७ हजार २९२ महिला र अन्य नौ गरी कुुल चार लाख ७४ हजार ४३९ मतदाता रहेको प्रादेशिक कार्यालयले जनाएको छ ।

यसैगरी, रौतहटमा पुरुष दुई लाख २२ हजार ९४५, महिला एक लाख ८५ हजार ४६, अन्य एक जना गरी जम्मा चार लाख सात हजार ९९२, बारामा दुई लाख ३१ हजार ८२६ पुरुष, एक लाख ९१ हजार ४९० महिला र ११ अन्यसहित कुल चार लाख २३ हजार ३२७, पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कुुल तीन लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिनुभयो ।

यही वैशाख ३० हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि दुई हजार १६३ मतदान स्थल कायम गरिएको छ भने चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

जसअनुसार सप्तरीमा २९७ मतदान स्थल, ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदान स्थल, ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदान स्थल, ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदान स्थल, ४९७ मतदान केन्द्र, सर्लाहीमा ३१८ मतदान स्थल, ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदान स्थल, ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदान स्थल, ५४१ मतदान केन्द्र र पर्सामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।

निर्वाचनको लागि निर्वाचन अधिकृतको तालिम सुरु भएको र आगामी ८ गतेबाट स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी भइरहेको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी पन्तले जानकारी दिनुभयो । गोरखापत्र बाट

Author:



क्याटोगरी छान्‍नुहोस