कुटपिट मुद्दाका प्रतिवादीलाई पक्राउ गर्न १९ बर्ष !

राजविराज । सप्तरी प्रहरीले कुटपिट मुद्दाका एक जना फरार प्रतिवादीलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नर्घो गाविस–८ (हाल राजगढ गाउँपालिका–३) का ५२ वर्षीय हरिनारायण साह हलुवाई छन् ।

सोही ठाउँका बौजन खंग खत्वेले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०६० मंसिर २५ गते हलुवाईलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरेको थियो । सोपछि फरार रहेका हलुवाईलाई मंगलबार गाउँघरमै लुकिपिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालय प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

हलुवाईलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस