वडा अध्यक्ष र सदस्यमा उमेदवारी दिन के–के कागजात चाहिन्छ ?

जनकपुरधाम । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि वैशाख ११ र १२ गते उमेदवारी मनोनयन हुने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

निर्वाचनमा कुनै व्यक्ति वडा अध्यक्ष र वडा सदस्य पदको लागि उम्मेदवार हुन चाहेमा उसमा केही योग्यता हुन जरुरी छ । निर्वाचन आयोगले उम्मेदवार बन्न के कस्ता योग्यता चाहिन्छ भन्ने ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७८’ मा स्पष्ट उल्लेख गरेको छ ।

निर्देशिकाका अनुसार स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार बन्न पहिला नेपाली नागरिक भएको हुनुपर्छ । त्यसपछि उसको उमेर २१ वर्ष पुरा भएको हुनुपर्नेछ ।

वडा अध्यक्ष र सदस्य पदका लागि उमेदवारी दिनका लागि स्वघोषणासहित ४ वटा कागजात आवश्यक पर्ने आयोगले जनाएको छ ।

यी हुन् वडाध्यक्ष र सदस्यका लागि चाहिने कागजात :

१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२) धरौटी राखेको बैंक भौचर वा नगद रसिद,
३) दलको उमेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,
४) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा र
५) उमेदवारको स्वघोषणा पत्र ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780