मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । मोरङको बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–९ का ४० बर्षीय मो.ताहिर अन्सारी र २९ बर्षीय मो. आलम रहेका छन् ।

विराटनगर महानगरपालिका–७ स्थित पार्किङ गरी राखिएको को ४ प ९७२५ नम्बरको टि.भि.एस.कम्पनिको मोटरसाइकल चोरी गरी भारत तर्फ लैजाने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस