देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले ६ सय ७६ वटा स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

विहिवार आयोगले पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम, गाउँपालिका र नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ सय ७६ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जानकारी गराए ।

वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन सुरु गरिएको जनाएको छ ।

बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ र काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने सामग्री पठाइँदैछ । अन्य जिल्लामा पनि क्रमश निर्वाचन सामग्री पठाइँदै गरेको प्रवक्ता पौडेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस