राजविराजमा राप्रपा र लोसपाका उम्मेदवारले मनोनयन दर्ता गराए

राजविराज, ११ वैशाख । सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

राप्रपाबाट मेयरमा उमेश साह र उपमेयरमा सरिता झाले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै, लोसपाबाट मेयरमा दीपेन्द्र चौधरी र उपमेयरमा साधना झाले मनोनयन दर्ता गराएका छन् ।

झा अघिल्लो स्थानीय तह निर्वाचनमा तात्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।

अन्य उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराउने कार्य जारी रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस