जसपा छाडेका नेता उमेश यादवद्वारा विराटनगरको मेयरमा मनोनयन दर्ता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदमा उमेश यादवले आइतवार मनोनयन पत्र दर्ता गराएका छन् । शनिवार जनता समाजवादी पार्टी (जसपा)को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका नेता यादवले स्वतन्त्र मनोनयन पत्र दर्ता गराएका हुन् ।

पार्टी तालमेलको पक्षमा गएको र आफूलाई त्यो स्वीकार नभएको जनाउँदै यादवले आफूले स्वतन्त्र उमेदवारी दिएको बताए । यादवको प्रस्तावकमा जगननाथ मण्डल र समर्थकमा सरोज यादव छन् ।

यादव जसपाको संघीय परिषद् सदस्य थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा यादव विराटनगरको मेयरमा उठेका थिए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले)का उमेदवारपछि बढी मत ल्याएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780