मनोजले माओवादी छोडे

राजविराज, ११ वैशाख । जिल्ला नेतृत्वले मनपरी ढंगबाट टिकट वितरण गरेको भन्दै नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सप्तरीका सदस्य तथा महादेवा गाउँपालिकाका संयोजक मनोजकुमार यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन् । आफु गाउँ कमिटीको संयोजक रहदारहदै जानकारीसम्म नदिई आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउनका लागि जिल्ला नेतृत्वले आफ्ना आसेपासे, नातागोताका मानिसलाई उम्मेदवार बनाउँदै टिकट दिने काम गरेको उनको आरोप छ ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको उम्मेदवार तय गर्ने अधिकार पार्टीको गाउँ कमिटीलाई रहदा रहदै वाइपास गरेर आफ्ना गुटका मानिसलाई उम्मेदवार बनाउने काम भइरहेको यादवले पत्रकार सम्मेलनमा बताए । ‘पार्टीका जिल्ला नेतृत्वले आफ्ना नातागोता तथा निकटकालाई लक्षित गरेर टिकट दिने काम गरिरहेका छन्’ उनले भने–‘पार्टीको लागि इमान्दारीताका साथ काम गर्दा पनि मुल्यांकन नभएपछि बाध्य भएर सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

आफु गाउँपालिकामा वडाअध्यक्षको निर्वाचनको तयारी गरिरहेको भए पनि पार्टीले मूल्यांकन नगरिदिएको भन्दै आगामी दिनमा के गर्ने भन्ने निर्णय छिटै लिने उनले बताए । सोही पत्रकार सम्मेलनमा आफुसँगै केही बुथ कमिटीका अध्यक्ष र केही कार्यकर्ताले पनि पार्टी परित्याग गरेको यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780