रहिनन् प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री डा.डिम्पल झा

जनकपुरधाम, ११ वैशाख । मधेश प्रदेशसभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल कुमारी झाको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेकी ४३ वर्षीया झाको आज विहान काठमाडौंको राजबारीस्थित निवासमै निधन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी

डा. झा लोसपा नेता एवम् प्रतिनिधिसभा सदस्य अनिल कुमार झाकी पत्नी हुन् । दोस्रो संविधानसभामा सदस्य रहेकी डा.झा २०७५ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी थिइन ।

डा.झाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रौतहटको मसहरी लैजाने तयारी भईरहेको छ । डा.झाका एक छोरा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस