स्थानीय निर्वाचनः मनोनयन दर्ताको आज अन्तिम दिन

जनकपुरधाम । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । निर्वाचन तालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

जसअनुसार हिजो (आइतबार)पनि मनोनयन दर्ता भएको छ । हिजो साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबाट धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

निर्वाचनका आयोगका अनुसार ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780