ममता झा पनि मेयरमा भिड्दै

राजविराज, १२ वैशाख । डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट राजविराज नगरपालिकाको मेयर पदमा ममता झाले मनोनयन दर्ता गराएकी छन् ।

आफ्ना समर्थकहरुकासाथ महेन्द्र क्लव राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले मनोनयन दर्ता गराएकी हुन् ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी झाले पछि नेकपा एमालेबाट सप्तरी क्षेत्र नम्वर १ मा चुनाव लडेकी थिइन । उनी साझा प्रकाशनको पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत रहिसकेकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस