कुरुड नेसपाबाट चुनाव लड्दै

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि सुर्यनारायण मण्डल ‘कुरुड’ले पुनः मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत सोमवार उनले मनोनयन दर्ता गराएका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालबाट निर्वाचन लडेका थिए । उक्त पार्टीबाट निर्वाचनमा विजयी हुने उनी एक्ला उम्मेदवार थिए । उक्त पार्टी तत्कालीन संघीय समाजवादी फोरमसित एकिकृत हुँदै राष्ट्रिय जनता पार्टीसित पनि पछि एकिकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो ।

पछि जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका क्रममा पनि उनी जसपामै रहेका थिए । यस पटकको निर्वाचनमा जसपाले टिकट नदिएपछि उनी सो पार्टी परित्याग गर्दै नेपाल सद्भावना पार्टीबाट दोश्रो कार्यकालका लागि अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस