उत्साहपूर्वक राजविराजमा मनोनयन पत्र दर्ता

प्रियासिंह थारु
राजविराज, १२ वैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत सप्तरीको राजविराज नगरपालिकाका मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), तराई–मधेश लोकतान्त्रिक पार्टी, जनमत पार्टी (जपा) र स्वतन्त्रबाट मेयर पदमा मनोनयन दर्ता गराएका हुन् ।

यो समाचार तयार पर्दासम्म जसपाबाट भिमराज यादव, कांग्रेसबाट इर्साद अंसारी, लोसपाबाट दिपेन्द्र चौधरी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, एमालेका अनिल झा, राप्रपाबाट उमेशप्रसाद साह, तराई–मधेश लोकतान्त्रिक पार्टीबाट भुपेन्द्र यादव, जपाबाट ममता झा तथा स्वतन्त्रबाट मोहनकुमार राम, रुद्रनारयण चौधरी र भरत चौहानले मनोनयन दर्ता गराएका छन् ।

अन्य उम्मेदवारहरुको विवरण तयार पार्ने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780