मोबाइल सेट लगायतका १० सामान आयातमा प्रतिबन्ध (सूचनासहित)

काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध गरेको छ । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित वस्तु आयातमा रोक लगाएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन् :

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट )

५. मोबाइल सेट

६. रङ्गिन टेलिभिजन (३२ इन्चभन्दा माथि)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शव वाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

SaL-aSaRa-MaSaNaTaSaMaMa-PaThaRaMa-PaRaNae-BNaThaJa-LGaeKa-SaCaNa
Author:



क्याटोगरी छान्‍नुहोस