स्थानीय निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

जनकपुरधाम । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।

वैशाख १२ र १३ मा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो ।

वैशाख १६ गते साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन हुनेछ । त्यस्तै, १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस