कांग्रेसकी कान्छी उम्मेदवार, २१ वर्षकै उमेरमा उपमेयरमा भिड्दै

राजविराज, १५ वैशाख । सप्तरीको बोदे बरसाइन नगरपालिकामा २१ वर्षकै उमेरमा एक महिला उपमेयरको उम्मेदवार बनेकी छिन् ।

राजनीति मार्फत समाजसेवा गर्ने सानैदेखि सोच राखेकी पुनिताकुमारी साहले नेपाली कांग्रेसबाट गत सोमवार उपमेयरका लागि मनोनयन पत्र दर्ता गरकी हुन् ।

२०५७ साल मंसिर १० गते उनको जन्म मिति रहेको पुनिताका पति कमलेशकुमार साहले जानकारी दिएका छन् । उनका अनुसार यस पटकको स्थानीय तह निर्वाचनको मिति वैशाख ३० का दिन उनको उमेर २१ वर्ष ५ महिना २० दिन हुनेछ ।

सप्तरीका १८ वटा स्थानीय तहमा २ सय ४ प्रमुख, १ सय ४९ उप प्रमुख सहित वडाअध्यक्ष र वडा सदस्य गरी कुल ५ हजार ५ सय ९४ जनाले मनोनयन पत्र दर्ता गराएकोमा उपमेयर पदमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

बीबीएस दोस्रो वर्षमा पढ्दै गरेकी पुनिताले आफु उपमेयरमा विजयी भए कृषिको स्तरीकरण, शिक्षाको स्तर वृद्धि, नगरपालिकामा कर्मचारी प्रशासन व्यवस्थित गर्ने जस्ता कार्य प्राथमिकता साथ अघि बढाउने आफ्नो योजना रहेको बताएकी छिन् । नगरमा मनोनरञ्जनका लागि फनपार्क, वारुणयन्त्र, एम्बुलेन्स व्यवस्था गर्दै नगरवासीका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने सोच रहेको बताइन ।

युवा पुस्तालाई नेतृत्व दिनुपर्ने भन्ने विषय पार्टीमा उठ्ने गरेको सन्दर्भमा आफुलाई २१ वर्षमै पार्टीले उम्मेदवार बनाएकोमा गौरव लागेको पुनिताको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780