सप्तरीमा बन्दुक देखाएर लाखौंको लुटपाट

राजविराज, १६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रवार विहान बन्दुक देखाएर लाखौंको लुटपाट भएको छ ।

विहान करिब २ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर वडा नम्वर ७ स्थित मिथिलेश मिश्रको घरबाट ६ लाख मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।

मास्क र कपडाले मुख छोपेर आएका ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताइएको छ । घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

‘चोरी भएको कुरा आइरहेको छ, त्यहाँ हामीले टोली खटाएका छौं र के कसरी घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’ उनले भने–‘केही गरगहना लगेको कुरा आइरहेको छ, हामले अनुसन्धान गर्दैछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस