जनकपुरधाममा प्रमुखका दुईसहित १५ जनाद्वारा उम्मेदवारी फिर्ता

धनुषा । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १ सय ९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रमुख पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपप्रमुखका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस