बोदे बरसाइनबाट लागूऔषधको कारोबारी पक्राउ

राजविराज । सप्तरी प्रहरीले प्रतिबन्धीत लागू औषधको कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बोदे बरसाइन नगरपालिका–९ देउरीका १९ वर्षीय शंकर यादव छन् ।

यादवले विक्री गर्न घरमा भण्डारण गरी राखेका ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ । विहिवार साँझ पक्राउ परेका यादवलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यादवको घरमा लूकाई राखेको १ हजार २५० थान नाइट्राभेट ट्याब्लेट तथा २ हजार २५० थान डाइजेपाम, फेर्नागन र मोफिम सुई बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यादवमाथि म्याद थप गराई लागूऔषध मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस