कांग्रेसका ३० हजार ६२८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ ।

कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले ७ सय ५३ तहमा १३ हजार ७ सय ६७ पदमा विजय हासिल गरेको थियो ।

पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले महानगर, उपमहानगर र नगर प्रमुखमा २ सय ६२ जनाले उम्मेदवारी दिएको जानकारी दिए ।

उनका अनुसार उपप्रमुखमा १ सय ९४ जनाले उम्मेदवारी दिएका छन् भने गाउँपालिका अध्यक्षमा ३ सय ७२ जनाको उम्मेदवारी परेको छ भने र गाउँपालिका उपाध्यक्षमा ३ सय ४० जनाको उम्मेदवारी परेको छ ।

प्रवक्ता डा. महतका अनुसार ७ सय ५३ स्थानीय तहको वडा अध्यक्षमा ६ हजार ४३ वडामा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । यस्तै, महिला सदस्यमा ५ हजार ९ सय ३८, दलित महिला सदस्यमा ५ हजार ६ सय ९१ र सदस्यमा ११ हजार ७ सय ८८ जनाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस