प्रदेश सांसदको माग–चिकित्सक मृत्यु घटनाको छानविन होस्

जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशका सांसदहरुले गत चैत्र १९ गते मृत फेला परेका सप्तरी निवासी चिकित्सक डा.विजय यादव घटनाको छानविन गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डल र नेपाली कांग्रेसका सांसद मो.समीमले सो घटना छानविन गर्न माग गरेका हुन् । नेकपा एमालेका संसदीय दलका नेता मण्डलले डा. यादवको हत्या गरेको दावी गर्दै पीडित परिवारलाई न्याय दिलाउन माग गरे । ‘मेडिकल माफिया मिलेर डा. यादवको हत्या गरियो’ उनले भने–‘पीडित परिवारलाई न्याय दिलाउन मधेश सरकारले गम्भीरता देखाउन जरुरी छ ।’

त्यस्तै, सांसद मो. समीमले एक्ला छोराको हत्याले ती परिवारमाथि बज्रपात भएको बताए । ‘मृतकका बुवा यदुनन्दन यादवले विदेशमा श्रम गरेर आफ्ना एक्ला छोरा विजयलाई चिकित्सक पढाए’ उनले भने–‘ती घटनाले परिवारमाथि बज्रपात भएको छ, घटनाको निष्पक्ष छानविन हुनु आवश्यक छ ।’

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २७ वर्षीय डा.यादव विराटनगर–४ स्थित आफ्नै कोठाको अगाडि मृत भेटिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस