आजको मौसमः यी स्थानहरुमा वर्षाको सम्भावना

जनकपुरधाम । नेपालमा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव देखिएको छ । जसले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायु प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । साथै प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने भएको छ । बाँकी भू–भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राती भने प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस