नेपालमा रहेका भारतीय नागरिकले आफ्नो विवरण दर्ता गराउनु पर्ने

काठमाडौँ । अब नेपालमा रहेका भारतीय नागरिकले काठमाडौँस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ । भारतीय दूतावासले एक सूचना जारी गर्दै यस्तो उल्लेख गरेको हो ।

सूचनामा कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले विवरण दर्ता गराउनु अनिवार्य छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।

दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आइडी कार्ड), जागिर–विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

हेर्नुहोस् भारतीय दूतावासको सूचनाः

Author:



क्याटोगरी छान्‍नुहोस