लोसपाका नेतालाई उपेन्द्रको आग्रह–एकजुट भएर अघि बढौं

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

बुधबार जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो आग्रह गरेका हुन् । ‘जसपाका एक समूह निक्लिएर लोसपा बनाए र त्यसले मधेसमा जनमत बाँडियो । कसैलाई केही फाइदा भएन र हुन्न पनि, नोक्सान मधेसीलाई नै भयो र हुन्छ’ उनले भने–‘अब एकजुट भएर अघि बढ्न सबैको हितमा हुन्छ ।’

उनले लोसपा नेताहरूलाई पार्टीमा खुला हृदयले स्वागत गर्न तयार रहेको बताए । ‘आज समिक्षा गर्ने बेला आएको छ, किन फुट्यो । पार्टी फोड्नेलाई के फाइदा भयो ?’ उनले भने–‘लोसपका साथीहरु आउँछन् भने हामी खुला हृदयले एकसाथ भएर अघि बढ्न तयार छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस