मंसिर २ मा प्रतिनिधि र प्रदेश सभाको चुनाव गर्न सरकारलाई आयोगको सुझाव

राजविराज । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।

निर्वाचनको मिति तोक्ने सम्बन्धमा बुधबार सुझाव तथा परामर्शको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली पुगेको थियो।

टोलीले मंसिर २ गते नै निर्वाचन गर्न सुझाव दिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो मितिबारे सरकारलाई आयोगले स्पष्ट पार्दै चुनावी मितिको निर्णय लिनसमेत आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780