जसपा बाबुराम पक्षको बैठक एक दिन अघि सारियो

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक एक दिन अघि सारिएको छ । यसअघि असार २९ र ३० गते तय भएको बैठक अब २८ र २९ गते बस्ने भएको हो ।

जसपा (उपेन्द्र यादव पक्ष)ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो ।

त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते पुर्याएको छ । त्यसपछि जसपा (बाबुराम पक्ष) ले पनि बैठकलाई एक दिन पछाडि सारेर २८ र २९ गते बनाएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस