रेणु यादवद्वारा जसपाका सबै जिम्मेवारीबाट अलग भएको घोषणा (विज्ञप्तिसहित)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)की नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएकी हुन् ।

‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु,’ उनले राजीनामामा भनेकी छन् ।

जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अलग–अलग बैठक बोलाएर पार्टी विभाजनको तयारी भइरहेका बेला कार्यकारिणी समिति सदस्य तथा सांसद यादवले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

पछिल्लो सयम उनी आफूलाई सरकारबाट फिर्ता बोलाएकोमा उपेन्द्र यादवसँग असन्तुष्ट थिइन् ।

हेर्नुहोस् राजीनामा पत्र

मितिः २०७९ असार ३०

आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी(जसपा) नेपाल

विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा ।

म रेणु कुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थतीमा विभिन्न बाधा–अवरोध, उतार–चढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारीता र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ।

विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पडयन्त्रका सिकार भईरहँदा पनि आँफू विच्चलीत नभई सदैव मधेस र मधेसी जनता लगायत समपूर्ण उपेक्षित वर्ग र समूदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ।

यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रहि काम गर्ने सुनौलो अवसर पाए। पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रहि इमान्दारिता, निष्ठापूर्वक पूर्ण जिम्मेवार भइ आफ्नो पदीय जिम्मेवारीलाई पुरा गर्न भरपूर प्रयास गरेको छु। मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समिक्षा पार्टीले पछि आवश्य नै गर्ने छ।

यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाए।

यद्यपी, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी(जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।

पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र अभारी रहनेछु। साथैँ मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु।
धन्यवाद ।

रेणु कुमारी यादव
केन्द्रीय कार्यकारिणी सदस्य एवंम्
केन्द्रीय सदस्य
नता समाजवादी पार्टी नेपाल

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780