राष्ट्रपति चुरेको निर्माण कार्यमा पूर्वमन्त्री यादवको प्रश्न–कुन नियतले भइरहेको छ ?

राजविराज । पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवले ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति’को नियतमाथि प्रश्न उठाएका छन् ।

उनले मधेशलाइभको ‘राष्ट्रपति चुरे तराई मधेश संरक्षणः बजेट सिध्याउनकै लागि काम!’ शीर्षकको समाचार सामाजिक सञ्जालमा शेयर गर्दै कुन नियतले काम भइरहेको छ? भनेर प्रश्न उठाएका हुन् । उनले लेखेका छन्, ‘मुख्य कुरा खाँडो नदि व्यवस्थापन आयोजनाको डिपिआर अनुकूल काम गर्नुपर्ने हो । यस आयोजनासँग अनुमति लिएर काम गर्नुपर्ने हो । तर, यहाँ के भइरहेको छ? कुन नियतले भइरहेको छ?’

दशकौंदेखि खाँडो नदीका कारण उत्पन्न हुँदै आएको बाढी र डुवानको समस्यालाई न्यूनिकरण गर्न तत्कालिन सिचाईमन्त्री यादवकै पहलमा २०७२/०७३ मा ‘खाँडो नदी व्यवस्थापन आयोजना’ स्थापना भएको थियो ।

सो आयोजनाले नै खाँडो नदीमा तटबन्ध निर्माणदेखि नदी व्यवस्थापनका अन्य कार्यहरु गर्दै आएको छ । तर, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आयोजनासँग कुनै पनि किसिमले समन्वय नै नगरी सप्तरीको राजविराज–१५ देउरी भरुवास्थित खाँडो नदीमा तटबन्ध निर्माण कार्य गराइरहेको छ ।

कुल २६ लाख रुपैयाँको लागतमा असारको अन्तिमतिर थालिएको निर्माण कार्य आर्थिक वर्ष सकिन लाग्दा समेत तटबन्ध पूरा हुन सकेको छैन् ।

यता, खाँडो नदी व्यवस्थापन आयोजनाले सो कार्यमा आयोजनाले आपत्ति जनाएको छ भने निर्माण कार्य तत्काल राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वय इकाई, सलकपुर मोरङलाई पत्राचार समेत गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस