छोरा जोगाउन गएकी आमाको कुटपिटबाट मृत्यु

राजविराज । सप्तरीमा आफ्ना छोरा जोगाउन गएकी एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । विहिवार साँझ छोरा मनोजमाथि कुटपिट भइरहदा डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टीकी ६० वर्षीया जिरादेवी मण्डलले जोगाउने प्रयास गरेकी थिइन ।

कुटपिट गर्ने ती केही व्यक्तिले जिरालाई नै निर्घात कुटपिट गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी जिराको उपचारको लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार बजारबाट मल खरिद गरी आउँदै गर्दा उनका छोरा मनोज चढेको साइकलले बाटोमा खेल्दै गरेका एक बालकलाई समान्य चोट लागेको थियो । सोही निहुँमा स्थानीय केही व्यक्ति मनोजमाथि कुटपिट गरिरहेको खबर पाएपछि बचाउन गएकी आमा जिरामाथि समेत कुटपिट गरका थिए ।

कुटपिटबाट मृतक महिलाका छोरा मनोज समान्य घाइते भएका छन् । कुटपिटमा संलग्नको पहिचान र खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस