एसईई : प्रयोगात्मकमा ‘सी’ र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए मूल प्रमाणपत्र नपाइने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० को अन्तिम परीक्षामा ननग्रेडेड ९अवर्गीकृत० प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ । ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र पाउँदैनन् । लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ ।

यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।

बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र दिइने छैन । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क ९ग्रेड प्वाइन्ट एभरेज० उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधि एकाएक परिवर्तन गरी ८ समूह छ । यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ ।

बोर्डले गएको वर्षको लब्धाङ्कपत्रमा सबै विषयमा परीक्षा दिएको उल्लेख गरेर मूल प्रमाणपत्र उपलब्ध गराएको थियो । अब माथिल्लो कक्षा अध्ययन गर्न मूल प्रमाणपत्र पाउनैपर्छ । सय पूर्णाङ्कको विषयको परीक्षा दिएमा सैद्धान्तिकमा २६ दशमलव २ र प्रयोगात्मकमा १० अंकभार ल्याउनैपर्छ । गत वर्षसम्म परीक्षामा प्रयोगात्मकमा २५ अंकभार ल्याएर सैद्धान्तिकमा १० अंक ल्याए पनि माथिल्लो कक्षा अध्ययन गर्न पाउने व्यवस्था थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780