मंकीपक्स भाइरसः डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

जनकपुरधाम । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स संसारभरका ७५ देशमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

डब्लूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् ।

डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा एकमत हुन सकेको थिएन । तर, उनले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताए ।

मंकीपक्स रोगबाट युरोप नै सबै भन्दा उच्च जोखिममा परेको र अन्यत्र पनि फैलिने क्रम बढेको डब्ल्यूएचओले विश्लेषण गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस