प्रदेश १ मा भारी वर्षाको सम्भावना

जनकपुरधाम । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ भने देशका अन्य भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज राति प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेकाले केही दिन देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस