कोरोना संक्रमण बढ्दै, एकैदिन थपिए ३३५ संक्रमित

जनकपुरधाम । नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा देशभर एकै दिन थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९९६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक हजार ८८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १६ जना र १ हजार ९०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २४ हजार ७६७ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार ९७१ जना पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८६ जना संक्रमितहरु निको भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस