महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

जनकपुरधाम । महोत्तरीमा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका–१ मा नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

उपचारको लागि अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस