सप्तकोसी नदीको बाढी बस्तीमा पस्यो, सयौं परिवार उच्च जोखिममा

उदयपुर । उदयपुरमा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । बेलका नगरपालिका– ८ स्थित जिरो पोइन्टबाट बाढी बस्तीमा पसेसँगै सयौँ परिवार जोखिममा परेका छन् ।

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान नदीले अस्थायी बाँध भत्काएको हो । बाँध भत्किएरसँगै वडा नम्बर २ र ३ का सैयौँ बस्ती जोखिममा परेका छन् भने केही डुवानमा परेका छन् ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य थालिएको मेयर अशोक कार्कीले जानकारी दिए । ‘डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरवासी गरी ६–७ सय परिवार विस्थापित हुनसक्ने देखिन्छ’ उनले भने ‘ती परिवारलाई सुरक्षित स्थानतिर सार्ने कार्य थालिएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस