कोशीको बाढी बस्तीमा पसेपछि सप्तरीका तीन स्थानीय तहमा हाईअलर्ट

राजविराज, १८ साउन । सप्तकोशी नदीको बाढी बस्तीमा पसेका कारण सप्तरीका तीन वटा स्थानीय तहमा हाईअलर्ट जारी गरिएको छ ।

बुधवार विहानै उदयपुरको बेलका नगरपालिका–८ स्थित नदीको बाँध कटान भएर बाढी बस्तीमा पसेको हो ।

सो बाढीले सप्तरीका सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेकोले हाइअलर्ट जारी गरिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार सप्तकोशी नगरपालिकाका वडा नम्वर ६ र ७ मा बाढी पस्नसक्ने सम्भावना रहेको छ भने कञ्चनरुपका १, २, ४, ५, ६ र १० उच्च जोखिममा छन् ।

त्यस्तै, हनुमाननगर कंकालिननी नगरपालिका वडा नम्बर १३ र १४ पनि उचच जोखिममा उहाँले बताए । ती वडा आसपास नदी छेउछाउका वासिन्दाहरुलाई सतर्कता अपनाउन भनिएको छ भने स्थानीयहरुलाई सचेत पार्न ईलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाइएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस