निहारिकालाई ५ लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राजपुतलाई कानूनी लडाईका लागि कानूनी तथा आर्थिक सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार मुख्य न्यायाधिवक्ता दिपेन्द्र कुमार झाको सिफारिसमा सो आर्थिक सहयोग दिने निर्णय गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस