भोकाएको सागरनाथ वनका बाँदरको सडक छेउ नै वासस्थान (भिडिओ)

जनकपुरधाम । धर्तीमा बाँच्ने र रमाउने अधिकार मानिसलाई जत्ति नै बाँदरलाई पनि छ । तर, जंगलमा खाने कुराको अभावले भोक मेटाउने सडक छेउ नै वासस्थान बनेको छ बाँदरको लागि ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित सागरनाथ वन । जहाँ दैनिक जसो सयौं बाँदरका झुण्ड खानेकुराको लागि पर्खिरहेको हुन्छन् । वनजंगलको विविधीकरणमा बाँदरको ठूलो योगदान रहेको छ ।

प्रकृतिले दिएको खाएर बाँच्ने प्राणी बाँदर रहेता पनि वनजंगलमा खानेकुरा नपाउदा यतिवेला बाँदरको सडक छेउ नै वासस्थान बन्न पुगेको छ । सडकमा सवारीको चापले बाँदर दुर्घटनामा पर्नसक्ने उच्च जोखिम रहेको स्थानीयहरु बताउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस