आज संविधान दिवसः कतै उत्सव, कतै विरोध

जनकपुरधाम । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी धुमधामका साथ संविधान दिवस मनाइँदैछ ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा सोमबार देशभर यो दिवस मनाइएको छ । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी सुरु भईसकेको छ । यस बीचमा संविधानका केही बुँदाहरु संशोधन गरिएको छ । तर नागरिकता विधेयकलगायत केही मुलभूत विषयहरुमा भने दलहरुबीच सहमति नहुँदा अन्योलको अवस्थामा पनि रहेको छ ।

उता, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भने संधिवानमा असन्तुष्टि जनाउँदै ‘कालो दिन’ मनाउने तयारी गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस