मधेसमा संविधानविरुद्ध लोसपाको प्रदर्शन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसका जिल्लाहरुमा वर्तमान संविधान अमान्य रहेको भन्दै कालो दिवस मनाएको छ ।

मधेसको राजधानी जनकपुरधाममा लोसपा धनुषा अध्यक्ष परमेश्वर साहको नेतृत्वमा संविधानविरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले संविधान संशोधन गर, नागरिकता विधेयक पारित गर, मधेस आन्दोलनकारीमाथि लगाइएको झूटा मुद्दा खारेज गर जस्ता नारा लगाएका छन् ।

प्रदर्शनपश्चात भएको कोणसभामा अध्यक्ष साहले मधेसीलाई गोली हानेर जबरजस्ती जारी गरिएको संविधान संशोधन नगरेसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाइरहने बताए । उनले आन्दोलनका लागि तयार भएर बस्न नेता–कार्यकर्तालाई निर्देशन पनि दिए ।

लोसपाले सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा पनि संविधानविरोधी प्रदर्शन गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस