सप्तरीका १७० जना गाउँपालिकाका उम्मेदवारलाई जनही साढे ३ लाख जरिवाना तिर्नुपर्ने (सूची)

राजविराज, ६ असोज । स्थानीय तह निर्वाचनमा सप्तरीका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने १७० जना उम्मेदवारलाई जरिवाना तोकिएको छ ।

निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाउने १७० जना उम्मेदवारलाई जरिवाना तोकेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने छ । तर, समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सो जरिवाना रकम ६ महिनाभित्र बुझाउनुपर्ने छ भने जरिवाना नबुझाउने उम्मेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने आयोगको निर्णय छ ।

हेर्नुस् सूचीः

saptari_jariwana
Author:



क्याटोगरी छान्‍नुहोस