‘स्थानीय तहका जनप्रतिनिधिहरू सबैभन्दा बढी भ्रष्ट’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७८।०७९ दर्ता भएका अधिकांश उजुरीमा स्थानीय तहका जनप्रतिनिधिहरूको भ्रष्टाचारसँग सम्बन्धित रहेको पाइएको छ ।

आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार बुझाएको ३२ औं वार्षिक प्रतिवदेनमा अधिकांश उजुरी स्थानीय तहका जनप्रतिनिधिहरूसँग सम्बन्धित रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवदेनबारे जानकारी दिन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भण्डारीले भने– ‘प्रदेश, त्यसमाथि स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरी बढी मात्रामा रहेको छ । कुल उजुरीमध्ये ३३ दशमलव १ प्रतिशत स्थानीय तहका उजुरीहरू रहेका छन् ।

त्यसपछि शिक्षा मन्त्रालयको १५ दशमलव ३ प्रतिशत र तेस्रोमा भूमि प्रशासनसँग सम्बन्धित ७ दशमलव ७ प्रतिशत उजुरी परेको छ ।’ उनका अनुसार विशेष अदालतमा दायर १ सय ३१ वटा मुद्दाको प्रतिवादीमा १ सय ४१ जना जनप्रतिनिधि रहेका छन् । भ्रष्टाचार गर्नेमा सार्वजनिक पद धारण गर्नेमध्ये जनप्रतिनिधिको संख्या बढी रहेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस