पर्साको राम वनमा चिडियाखाना शिलान्यास

जनकपुरधाम । पर्साको निकुन्ज क्षेत्र राम वनमा पर्सा प्राणी उधान (चिडियाखाना) को शिलान्यास भएको छ। बिहिवार वन तथा वातावरण मन्त्री प्रदिप यादवले एक समारोहबीच चिडियाखानाको शिलान्यास गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै मन्त्री यादवले चिडियाखाना बनाउने प्रस्तावमा सरकार सकारात्कम रहेकोले निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताए । चिडियाखाना निर्माणले नेपालको प्रमुख शहर बाहेक भारतीय पर्यटकको बसाई बारा पर्सामा केन्द्रित हुने मन्त्री यादवको कथन छ ।

कुल ५० हेक्टर क्षेत्रफलमा सो चिडिया खाना निर्माण हुने कार्यक्रममा राष्टिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्रवर ढकालले जानकार दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस