राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट दायर

जनकपुरधाम । संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकरी दिए । सो रिटमा शुक्रवारका लागि पेसीमा तोकिएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस