‘राष्ट्रिय फोटो सङ्ग्रहालय’अध्ययन समिति सदस्यमा सौरभ

जनकपुरधाम, ८ असोज । बागमती प्रदेशको चितवन जिल्लामा ‘राष्ट्रिय फोटो सङ्ग्रहालय’ निर्माण गर्नका लागि गठित अध्ययन समितिको सदस्यमा मधेश लाइभका समाचार संयोजक सौरभ यादव चयन भएका छन् ।

नेपाल फोटो पत्रकार महासंघ, केन्द्रीय समितिको बैठकबाट कौमलचन्द्र भगतको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन समितिको सदस्य यादवलाई चयन गरिएको हो ।

सप्तरीको राजविराज निवासी यादव नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सचिव समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस