दुग्ध विकास संस्थान सञ्चालक समितिमा प्रिया मनोनयन

राजविराज, ८ असोज । मधेशलाइभ डट्कमकी सम्पादक पार्वती कुमारी सिंह (प्रिया) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास संस्थान सञ्चालक समितिमा मनोनयन भएकी छिन् ।

मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट उनलाई दुग्ध विकास संस्थान सञ्चालक समितिमा मनोनयन गरिएको हो ।

सिरहाको लहान नगरपालिका–११ निवासी डेढ दशकदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएकी छिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस