निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी

जनकपुरधाम। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

विगतमा पनि दुई महिनाअघि आचारसंहिता लागू गरेको अभ्यास समेत रहेको र यसपटक दशैं–तिहार जस्ता चाडपर्व नजिकै आएका कारण पनि आचारसंहिता छिट्टै लगाउने आयोगको तयारी छ । आयोगले त्यसका लागि प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुसँग छलफल थालेको छ ।

आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र अन्य मन्त्रीहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गर्न समय माग गरेको छ । उनीहरुको प्रतिबद्धता आएपछि अन्य दलहरुसँग पनि छलफल गरेर आचारसंहिता लागू गर्ने तयारीमा आयोग रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले गर्ने सरुवा बढुवा लगायत धेरै काममा रोक लाग्ने भएकाले सरकार भने तत्काल आचारसंहिता लगाउने पक्षमा छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस