मधेस प्रदेश : म्यादी प्रहरीका लागि झण्डै ६७ हजारले दिए आवेदन

जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मधेस प्रदेशबाट म्यादी प्रहरीका लागि ६६हजार ८८४ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमध्ये महिलाको संख्या ११ हजार ८२७ रहेको छ भने ५५ हजार ५७ जना पुरुष छन् । मधेस प्रहरी कार्यलयका अनुसार सबभन्दा बढी बारामा ११ हजार ४०५जनाले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् भने सबभन्दा कम सिरहामा ६ हजार ८१९ जनाले आवेदन दिएका छन् ।

त्यसैगरी धनुषामा ७ हजार ८३४, महोत्तरीमा ७ हजार ३०२, सप्तरीमा ८ हजार ९६०, सर्लाहीमा ८ हजार ६६५, रौतहटमा ८ हजार ५८३ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएको मधेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

आगामी चुनावका लागि प्रहरी प्रधान कार्यालयले अहिलेसम्म मधेश प्रदेशका कुन जिल्लामा कति म्यादी प्रहरी राख्ने कोटा निर्धारण गरी नपठाएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि स्थानीय चुनावमा मधेस प्रदेशमा २१ हजार ६९८ म्यादी प्रहरीको कोटा तोकेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस